शनिबार, ३० फाल्गुन, २०८२

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ मंसिर, २०८२

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान

२०८२ मंसिर २६, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम हुन १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह निर्वाचन आयोगले प्रदान गरेको हो ।

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन १०० दलले निवेदन दिएको भए पनि कतिपय दुई वा दुई भन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिह्न प्रदान गरिएको जनाएको छ ।

Download the PDF
advertisement_1772818633.jpg