सोमबार, ११ कार्तिक, २०८२

सर्वोच्चले माग्यो प्रचण्ड-बाबुरामसँग लिखित जवाफ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० जेष्ठ, २०८०

सर्वोच्चले माग्यो  प्रचण्ड-बाबुरामसँग लिखित जवाफ।

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध परेको रिटमा  कारण देखाउ आदेश दिएको छ ।

माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री  प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुद्दालाई अग्राधिकार दिनुका साथै उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाफ मागेको हो ।

advertisement_1676998982.gif