शनिबार, ३० फाल्गुन, २०८२

सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२

सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने

२०८२ मंसिर १५, काठमाडौँ । सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।

advertisement_1676551694.gif