सोमबार, ११ कार्तिक, २०८२

वैकुण्ठ अर्याल मुख्य सचिव तथा शंकरदास वैरागी सुरक्षा सल्लाहकारमा नियुक्त।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३२ जेष्ठ, २०८०

वैकुण्ठ अर्याल मुख्य सचिव तथा  शंकरदास वैरागी सुरक्षा सल्लाहकारमा नियुक्त।

काठमाडौँ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाइ  नियुक्त गर्ने निर्णय गरेको छ । उनी हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ मानिन्छन। 

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई सुरक्षा सल्लाहकार बनाइएको बुझिएको छ ।

advertisement_1676998982.gif