सोमबार, ११ कार्तिक, २०८२

विश्वम्भरप्रसाद श्रेष्ठले लिए प्रधानन्यायाधीशको शपथ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ भाद्र, २०८०

विश्वम्भरप्रसाद श्रेष्ठले  लिए प्रधानन्यायाधीशको शपथ।

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई  आज राष्ट्रपति कार्यालय शीतल निवासमा  आयोजित विशेष समारोहमापद तथा गोपनीयताको शपथ गराए ।

 

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।


नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो ।


 

advertisement_1676551537.gif