शनिबार, ३० फाल्गुन, २०८२

युवराज ज्ञवालीले गरे पदाधिकारीमा चुनाव नलड्ने घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२

युवराज ज्ञवालीले गरे पदाधिकारीमा चुनाव नलड्ने घोषणा

२०८२ मंसिर २८, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब आफू पदाधिकारीको आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरे ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पारे ।

एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।

advertisement_1676553908.gif