आईतवार, २८ असार, २०८३

मुगुका गणेश नेपालीको आत्मदाह प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

मुगुका गणेश नेपालीको आत्मदाह प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

२०८३ असार २८, काठमाडौँ । आत्मदाह पछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार र पीडित पक्षबिच ९ बुँदे सहमति भएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिपत्रमा नेपाल सरकारका तर्फबाट काठमाडौँका प्रमुख जिल्ला र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तथा पीडित परिवारका तर्फबाट गणेश नेपालीकी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली र आमा सौरी नेपालीसहित १३ जनाले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार, घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ ।

त्यस्तै, उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ । सहमतिपछि परिवारले शव बुझ्न तयार भएका छन्। यस्तै नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ ।

यसैगरी, पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया पूरा गर्न सहयोग गर्ने तथा सहमतिपछि अन्त्येष्टि गर्ने सहमति भएको छ ।

यस्ता छ सहमतिपत्र

Download the PDF
advertisement_1680627706.gif