आईतवार, २८ असार, २०८३

गृहमन्त्रीसहित ६ जना मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अवलोकन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

गृहमन्त्रीसहित ६ जना मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अवलोकन

२०८३ असार २८, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित मन्त्रिपरिषद्का विभिन्न सदस्यले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्दै त्यहाँ आश्रय लिइरहेका सुकुम्वासीसँग छलफल गरेका छन् ।

गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आउनुभएका सुकुमवासी परिवारसँगको छलफलमा उहाँले सुकुमवासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।

अवलोकनका क्रममा मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्ने सरकारको तयारी रहेको बताउँदै त्यसपछि भूमिसम्बन्धी विषयमा कुनै विवाद नउठ्ने गरी काम अघि बढाइएको धारणा व्यक्त गरिन्।

उनले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान तत्काल सम्भव नभए पनि दीर्घकालीन रूपमा समाधान हुने गरी सरकार काम गरिरहेको उल्लेख गर्दै यस विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरिन्।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूको टोलीले होल्डिङ सेन्टरमा रहेका परिवारसँग प्रत्यक्ष सं

advertisement_1676553908.gif