शुक्रबार, ५ बैशाख, २०८२

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ चैत्र, २०८१

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

२८ चैत्र २०८१ कालीकोट । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ । 

रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उनले भने, “आज नै सडक सञ्चालनमा आउँछ ।”

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif