राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
३ बैशाख २०८२, काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गरेको छ ।