बुधबार, १० भाद्र, २०८३

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

२०८३ भदौ १० रसुवा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । 

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्क विहीन भएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् । 

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् । 

advertisement_1680627680.gif