बुधबार, १० भाद्र, २०८३

रसुवाको टिमुरेमा बाढीपछि ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रसुवाको टिमुरेमा बाढीपछि ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

२०८३ भदौ १०  रसुवा । रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा बाढी र पहिरोपछि ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएका छन् ।

बाढीका कारण सो क्षेत्रको सञ्चार सेवा र सडक सम्पर्क विच्छेद भएकाले उद्धार तथा खोजी कार्यमा जटिलता थपिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सम्पर्कविहीन भएका सुरक्षाकर्मीहरूसँग लगातार सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थल मार्गबाट थप सुरक्षा जनशक्ति र मेडिकल टोली परिचालन गरिसकेको जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ ।

advertisement_1676553908.gif