मंगलवार, ९ भाद्र, २०८३

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

२०८३ भदौ ०९ काठमाडौँ । प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ ।

भोलिको बैठकका लागि संघीय संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद ९ बमोजिम सदस्यहरुले सोधेको प्रश्नहरुको प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने उल्लेख छ ।

प्रश्नोत्तरमा ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराउनु भएको छ । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदले ७ वटा प्रश्न दर्ता गर्न पाउने भए पनि ३ वटा मात्र दर्ता गरेका छन् ।

अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गरेका थिए । तोकिएको अवधिमा ११ वटा प्रश्न मात्र दर्ता भएका छन् ।

advertisement_1676551537.gif