मंगलवार, ९ भाद्र, २०८३

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

२०८३ भदौ ०९ काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

उपसभामुख अप्सरा चापागाईँले प्रस्तावको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको घोषणा गरिन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले मुख्यमन्त्री थापामगरलाई समर्थन गरेका हुन्।

नेकपाका २६, एमालेका उपसभामुखसहित २५ र राप्रपाका सात सांसद सरकारको पक्षमा उभिएका थिए। मतदानमा भने उपसभामुख सहभागी नभएकाले विश्वासको मतको पक्षमा कुल ५७ मत कायम भएको हो।

बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।

राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिएका छन् ।

advertisement_1680627680.gif