राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०९ काठमाडौँ ।नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
मंगलबार दिउँसो ड्युटीमा रहेकी प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ बस्दै आएका २७ वर्षीय राज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
राष्ट्रसेवक कर्मचारीलाई काममा बाधा विरोध पुर्याउन नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरअन्तर्गत कठायतविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनालगत्तै पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी काठमाडौँ परिसरको हिरासतमा राखिएको छ।