बुधबार, १० भाद्र, २०८३

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन

२०८३ भदौ १० काठमाडौँ । रसुवामा बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाले हेलिकप्टर परिचालन गरेको छ । सेनाका दुई वटा हेलिकप्टर बुधबार बिहान बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको हो ।

प्रभावित क्षेत्रमा थप आवश्यकता देखिए अर्को हेलिकप्टरसमेत पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

बाढीका कारण प्रभावित क्षेत्रमा पुगेको क्षति तथा उद्धारको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ ।

advertisement_1676998982.gif