आईतवार, ३१ श्रावण, २०८३

झापामा टिपरको ठक्करबाट साइकलयात्री ६५ वर्षीय पुरुषको मृत्यु चालक नियन्त्रणमा

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

झापामा टिपरको ठक्करबाट साइकलयात्री ६५ वर्षीय पुरुषको मृत्यु चालक नियन्त्रणमा

२०८३ साउन ३०, झापा । झापाको झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । बाटो क्रस गर्दै गरेका साइकलयात्री झापा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय इशनलाल गणेशलाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । अन्दाजी १७:२० बजे बालुवा बोकेको ना.५ ख ६४९० नम्बरको टिफरले दिएको थियो ।

टिपर चालक झापा गाउँपालिका–३ कामटोली बस्ने अन्दाजी ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

advertisement_1676553851.gif