बिहीबार, १३ चैत्र, २०८१

कोशी प्रदेश सरकारबाट माओबादी बाहिरियो।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २३ जेष्ठ, २०८०

कोशी प्रदेश सरकारबाट माओबादी  बाहिरियो।

बिराटनगर। कोशी प्रदेश सरकार बाट माओबादी बाहिरिएको छ।माओवादी संसदीय दलको मंगलबार बसेको बैठकले समर्थन फिर्ताका साथै आफ्ना पार्टीका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो ।समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

पुस २५ गते एमाले माओबादी राप्रपा र जसपा सहितको समर्थनमा एमाले नेता हिक्मत कार्कीको  नेतृत्वमा सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादीका दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र जीवन आचार्य माघ ६ गते मन्त्री नियुक्त भएर पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रपति निर्वाचनमा संघ मा यो गठबन्धन फुटेर कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेको थियो। संघसहित अन्य  ६ प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भए पनि माओवादीले समर्थन फिर्ता नलिएकोले गरेकाले कोशी प्रदेशमा भने एमाले नेतृत्वकै सरकारले निरन्तरता पाएको थियो ।मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, रप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्यको समर्थन थियो।

जसपाले यसअघि नै कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।अब मुख्यमन्त्री कार्की नेतृत्वको  सरकारलाई एमाले सहित राप्रपाको मात्रै समर्थन रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेको हुदा अल्पमतमा परेको छ।

राप्रपाले एमालेको सरकारलाई निरन्तरता दिने बताइरहेको तथा नया सरकार गठन हुने भए आफुले मुख्यमन्त्री पाउनुपर्ने बताएको छ भने माओबादी आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने तथा  राप्रपालाई पनि साथमा लिन सकिने बताउदै आएको  छ ।  
 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif