मंगलवार, २८ आश्विन, २०८२

भारत भ्रमण सकेर प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० मंसिर, २०८१

भारत भ्रमण सकेर प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौं, मंसिर ३० । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनी आइतबार पाँच दिने भ्रमण सकेर स्‍वदेश फकिएका हुन्।

गत मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदीको औपचारिक निमन्त्रणमा भारत गएका सिग्‍देल भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।

उनलाई बालध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

advertisement_1676553851.gif