मंगलवार, २८ आश्विन, २०८२

डिजल र मट्टीतेलको मुल्य घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ भाद्र, २०८२

डिजल र मट्टीतेलको मुल्य घट्यो

२०८२ भदौ १५, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो भएको छ भने आन्तरिकतर्फ प्रयोग हुने हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।

नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँमा डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ ।

advertisement_1676553908.gif