शुक्रबार, १५ फाल्गुन, २०८२

गौरमा यात्रुवाहक बस दुर्घटना

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ८ फाल्गुन, २०८२

गौरमा यात्रुवाहक बस दुर्घटना

२०८२ फागुन ०८, रौतहट । रौतहटको गौर नगरपालिका स्थित पावर हाउस नजिक आज यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौरबाट चपुरतर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट बसको अगाडिको भागमा क्षति पुगेको छ भने ठक्करका कारण बिजुलीको पोल ढलेको छ । बसमा सवार सबै यात्रु सुरक्षित रहेको र केहीलाई सामान्य चोटपटक लागेको भए पनि गम्भीर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।

घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरी टोली उद्धार तथा व्यवस्थापनमा खटिएका थिए। बिजुलीको तार बसमाथि खसेकाले थप जोखिम हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गरिएको थियो । प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

advertisement_1676553908.gif