राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ भाद्र, २०८२
२०८२ भदौ ०९, काठमाडौं । हरितालिका तिजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुनेछन् । जसमा १ सय ३२ जना महिला सशस्त्र प्रहरी कर्मचारी खटिने छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटि परिचालन हुनेछ ।
पशुपति परिषरमा सशस्त्र प्रहरी नायव उपरीक्षक किशन केसीको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको ओभरल कमाण्ड नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयबाट एक सिफ्टमा २ सय ९१ भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् ।
त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौ, नम्बर १८ निलबराही गण, नम्बर २० विपद् उद्वार गण सिनामंगल, नम्बर २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नम्बर २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नम्बर २४ बाघभैरव गुल्म काठमाडौंमा गरी ६ प्लाटुन सुरक्षा फौज तयारी हालतमा राखिएको छ ।