राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ भाद्र, २०८२
२०८२ भदौ २२, काठमाडौं । सोमबार जेनजी पुस्ताले प्रदर्शनका लागि माइतीघरमा अनुमति पाएको छ । काठमाडौं जिल्ला प्रशासनले जनजीले आयोजना गरेको प्रदर्शन माइतीघर मण्डलामा गर्न अनुमति दिएको हो ।
निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन् ।
कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरुले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
प्रदर्शनलाई काठमाडौँका मेयर बालेन शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ कलाकार अनमोल केसी लगायतले समर्थन गरेका छन् ।