राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ माघ, २०८२
२०८२ माघ २२, झापा । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्लाको कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको पार्टीका एक नेताले बनाएका छन् । तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।
तउएफोड कसले र किन गरेको हो भन्ने स्पष्ट छैन । पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।