मंगलवार, २८ आश्विन, २०८२

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ जेष्ठ, २०८२

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

२१ जेठ २०८२, काठमाडौं । काभ्रेको बेथाञ्चोक गाउँपालिका वडा नम्बर ६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पनौतीबाट भुग्देउ जाँदै गरेको बा.३ ख४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका–६ च्यानडाँडामा दुर्घटना हुँदा बनेपा नयाँबस्ती निवासी ६० वर्षीया कृष्ण कुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा तीनजना घाइते भएका छन् । घाईते हुनेमा बसका चालक साथै कृष्ण कुमारीकी बुहारी संगिता आचार्य तिमल्सिना र नातिनी १ वर्षीया संगम रहेका छन् ।

उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ ।

advertisement_1676551694.gif