राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १२ आश्विन, २०८२
२०८२ असोज १२, काठमाडौँ । नेपालीहरूको महान् पर्व विजया दशमीको लागि घर जानेहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको आइतबार बिहानैदेखि भीड लागेकोको हो ।
काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरुबाट बाहिरी जिल्ला जानेहरू बिहानैदेखि सडकमा गन्तव्य तर्फ जानको लागि सडकमा तैैैैैैैयारीमा उभिएका थिए ।
दसैँ, तिहार लगायतका पर्वहरू मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरू फर्किरहेका छन् । उपत्यका छोडने क्रम बढिरहेको छ भने उपत्यका सुनसान हुन थालेका छ ।