राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ३२ जेष्ठ, २०८२
३१ जेठ २०८२, काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो बस दुर्घटना भएको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पताल लगिएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीेले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।