राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ माघ, २०८२
२०८२ माघ २७, काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । ओखलढुंगाको फोलथली–रगनी जाँदै गरेको यात्रुबाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटार बाट बसमा तामाकोसी नदीमा खसेको हो ।
उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका छन् ।
घाइतेहरूको अवस्था र बसमा सवार यात्रुहरूको यकिन संख्या भने खुल्न बाँकी छ ।