राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २५ असार, २०८२
२५ असार २०८२, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं भ्यूटावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । आज न्यायाधीश प्रकाश खरेलको एकल इजलासले पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न आदेश दिएको हो ।
भ्यूटावरको निर्माणको मापदण्डका विषयमा लिएर काठमाडौं महागनरपालिकाका मेयर बालेन साहले निर्माण रोक्न आदेश दिएका थिए ।
महानगर प्रमुख बालेनले १२ तलाको नक्सा पास भएको टावर जरिवाना लिएर १९ तलाको बनाउन अनुमति दिएको भन्दै प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईमाथि छानविन नै गरेका थिए। उनीहरुबीच मनमुटावको मुख्य कारण यहीँ विषय थियो।
अहिले पनि गुरागाईं महानगरमै छन्। दुईजनाको द्वन्द्वले गर्नैपर्ने कामसमेत राकिँदै आएका छन्।