राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २५ असार, २०८२
२५ असार २०८२, काठमाडौँ । विशेष अदालतले सहसचिव एवं काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेकोमा बुधबार परियार हाजिर भएपछि बयान र थुनचेक बहसपछि उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
त्यस्तै विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।