राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ४ चैत्र, २०८२
२०८२ चैैैत्र ४, काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
कम्पनीका प्रतिनिधि बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा ५ जना यात्रु सवार रहेका थिए । हेलिकोप्टरमा सवार पाँचै जना यात्रु नेपाली रहेका छन् ।
दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।