राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२
२०८२ चैैैत्र ५, ललितपुर । तीनपाने भञ्ज्याङ ललितपुर जिल्लामा अवस्थित एक सुन्दर डाँडाकाँडा क्षेत्र हो, जुन शान्त वातावरण र प्राकृतिक दृश्यका लागि परिचित छ ।
यहाँबाट आसपासका पहाड, हरियाली र बस्तीहरूको आकर्षक दृश्य देख्न सकिन्छ । यो स्थान विशेषगरी आन्तरिक घुमफिर, हाइकिङ र ताजा हावाको आनन्द लिन चाहनेहरूका लागि उपयुक्त मानिन्छ ।
पछिल्लो समय सडक पहुँच विस्तारसँगै तीनपाने भञ्ज्याङ बसोबासका लागि पनि आकर्षक बन्दै गएको छ ।








