मंगलवार, २८ आश्विन, २०८२

मोरङमा एसईई दिने नक्कली ११६ जना परीक्षार्थी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ चैत्र, २०७९

मोरङमा एसईई दिने नक्कली ११६ जना  परीक्षार्थी पक्राउ

माेरङ। मोरङमा एसइई दिने एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा एसईई परीक्षा दिइरहेका परीक्षार्थीहरुलाई आज बिहीबार अनुगमन टोलीले छुट्टा छुट्टै परीक्षा केन्द्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय ५२ जना , केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका-१ स्थित जनता माध्यामिक विद्यालयबाट २०  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्‍ला प्रहरी कार्यालयले जनाएको छ।

advertisement_1744958411.jpg