राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२
२०८२ भदौ २९, काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता बडालले २४ भदौ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
बडालको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।
भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।