मंगलवार, २८ आश्विन, २०८२

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रको सुरक्षामा कडाई एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ फाल्गुन, २०७९

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रको सुरक्षामा  कडाई एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन।

भोली शनिबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ ।

सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरिने भए‍को छ। काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको सुरक्षामा प्रहरीहरू उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् ।

मन्दिरमा लाइन व्यवस्थापन, चोरी नियन्त्रण, गाँजा नियन्त्रण र हुलदङ्गा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका रहने सुरक्षाका लागि ‘वाक थ्रु’ गेट र ‘डिटेक्टर’ प्रयोग गरिने भएको छ । एसपी रिजालका अनुसार पशुपति क्षेत्रमा ठाउँ ठाउँमा सिसिटिभी मनिटर गरिने समेत बताए।

मेलापर्वमा हुनसक्ने घटना संशोधन गर्न प्रहरीले हेल्प डेस्क राखेको छ। बच्चा हराउने र भिडभाडमा बेहोस हुनेहरूलाई समयमै संशोधन गर्ने गरी सामुदायिक प्रहरीले काम गर्नेछन् ।

त्यस्तै पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा पूर्ण रूपमा प्रहरीले रोक लगाएको छ ।

advertisement_1680627706.gif