राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २ जेष्ठ, २०८३
२०८३ जेष्ठ ०२, शनिबार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका हुन् ।
उनले निर्माणलाई तीव्रता दिन निर्देशन समेत दिए । निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गरे । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङ मार्गको स्थलगत अनुगमनको लागि पुगेका थिए ।
सिद्धार्थ राजमार्ग निर्माणाधीन सुरुङ मार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्रभित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।