मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

नेपाल आयाल नियमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मुल्‍यवृद्वि गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ भाद्र, २०८०

नेपाल आयाल नियमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मुल्‍यवृद्वि गर्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । 

इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg