राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ भाद्र, २०८२
काठमाडौं । नेपाली सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न अनुरोध गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।