आईतवार, २८ भाद्र, २०८३

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

२०८३ भदौ २७ काठमाडौं । नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको  सवैला नगरपालिका वडा  नं ८ (साविक ठिला गाउँ विकास समितिका) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । 

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

यसअघि सोहि नगरपालिकाको वडा नं ४,५,६ र १० मा ३२२६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।

advertisement_1676553908.gif