राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२
२०८२ असोज ५, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक-खण्ड एकतर्फी रुपमा सुचारु भएकाे छ । आइतबार बिहानदेखि पहिरो हटाउने काम पूरा भएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो ।
आइतबार साँझ सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
गत शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरू अलपत्र परेका थिए ।
सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ जान सुरू भएको प्रहरीले जनाएको छ ।