मंगलवार, २८ आश्विन, २०८२

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० आश्विन, २०८२

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

२०८२ असोज, चितवन । सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।

सडकमा गत एक सातादेखि मालबाहक सवारीहरू रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार भएका थिए ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि दुईतर्फीरूपमा सडक सञ्ञ्चानमा आएको हो ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अबरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् । तीन दिनपछि सडक सञ्चालनमा आएकाले सबैले सडक लेन पालना गरे जाम खुलाउन र यात्राका लागि सहज हुने ट्राफिक प्रहरीले जनाएको छ ।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।

सडकमा गत एक सातादेखि मालबाहक सवारीहरू रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार भएका थिए ।

advertisement_1680627680.gif