राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ भाद्र, २०८२
२०८२ भदौ १९, काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।