राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० श्रावण, २०८०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।
निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।
यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले मूल्यवृद्धि गरेको बताइएको छ। समायोजन भएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ।