मंगलवार, २८ आश्विन, २०८२

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ श्रावण, २०८२

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता

७ साउन २०८२, रुकुम पश्चिम । रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । टिपर नदीमा खसेपछि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

advertisement_1676553851.gif