शुक्रबार, १५ फाल्गुन, २०८२

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ माघ, २०८२

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

२०८२ माघ २७, रामेछाप । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौं जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।

१० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट उक्त बसले ८ जान यात्रु बोकेर हिँडेको थियो । तर बाटोमा टिकट नभएका यात्रुसहित करिब १७ जना सवार रहेको खुलेको छ ।

advertisement_1680627706.gif