राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ माघ, २०८२
२०८२ माघ २७, रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटना स्थलमा ६ जनाको शव फेला परेको र ६ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस नदीमा डुबेको थियो । उद्धार गरि घाइतेलाई अस्पताल लगिएकोमा ६ जनाको उपचारकै क्रममा ज्यान गएको उनले बताए ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।