मंगलवार, २८ आश्विन, २०८२

रास्वपाले मेटा र युट्युबलाई पत्राचार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० भाद्र, २०८२

रास्वपाले मेटा र युट्युबलाई पत्राचार

२०८२ भदौ २०, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय डिजिटल कम्पनीहरू मेटा (फेसबुक, इन्स्टाग्राम) र युट्युबलाई इमेलमार्फत पत्राचार गरेको छ । उक्त पत्रमा रास्वपाले ति प्लेटफर्म नेपालमा सूचीकरणको स्थितीबारे पत्राचार गरेको हो ।

रास्वापाले नेपालमा युट्युब मनोरञ्जनको साधन मात्र नभएर शिक्षा, डिजिटल आविस्कार, उद्यमशिलता, पत्रकारिता तथा रचनात्मक अर्थव्यवस्थाको लागि निकै महत्वपूर्ण भएको भन्‍दै रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले ती दुई सामाजिक सञ्जाललाई पत्राचार गरेका हुन् ।

प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट आय आर्जन समेत गरेको पत्रमा उल्लेख छ । दर्ताका लागि व्यवधान रहेको भए जानकारी गराउन समेत मेटा र युट्युबलाई भनिएको छ ।

advertisement_1676553908.gif