सोमबार, २ मंसिर, २०८२

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ कार्तिक, २०८२

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

२०८२ कार्तिक १२, सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । 

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले हेलिकप्टरमा पाइलट बाहेक अन्य कुनै यात्रु नरहेको जानकारी दिए। उनका अनुसार पाइलट विवेक खड्का सकुशल छन् ।

लुक्ला विमानस्थलका अनुसार बिहान करिब ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको उक्त हेलिकप्टर अवतरणका क्रममा चिप्लिएको हो ।

advertisement_1676551694.gif