मंगलवार, १२ श्रावण, २०८३

सिद्धबाबा सुरुङ्ग मार्ग निर्माणको लागि बुटवल– पाल्पा सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ९ फाल्गुन, २०७९

सिद्धबाबा सुरुङ्ग मार्ग निर्माणको लागि बुटवल– पाल्पा सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने

पाल्प।जिल्लाको सिद्धबाबा क्षेत्रमा सुरुङ्गमार्ग निर्माणको लागि सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग व्यवस्थापन समितिको बैठकले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सिद्धबाबा क्षेत्रमा निर्माण हुने सुरुङ्ग मार्ग निर्माणमा ड्राइभर्सन सडक बनाउने कामको लागि फागुन १३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने निर्णय गरिएको छ ।

यस अवधिमा विहान ११ बजेदेखि अपरान्न २ बजेसम्म र राती १० बजेदेखि सवारी साधन आवत जावत बन्द गरी सुरक्षित रुपमा काम गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

advertisement_1680627680.gif