राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ जेष्ठ, २०८२
२७ जेठ २०८२, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सिफारिस गरिएको परिषद्का सचिव यमबहादुर बुढामगरले डिसी नेपाललाई जानकारी दिए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गर्दै उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ ।
संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्। सर्वोच्चमा चार न्यायाधीश पद खाली भए पनि अहिले तीन जना मात्रै नियुक्तिका लागि सिफारिस भएका छन् ।